अण्डा उमालिएको पानी सामान्यतः फोहोरको रुपमा फाल्ने गरिन्छ । बगैंचा तथा नर्सरी विशेषज्ञहरुका अनुसार बिरुवालाई नाइट्रोजन, फोस्फरस, सोडियमका साथै क्याल्सियमजस्तो मिनरल्सहरुको आवश्यकता हुन्छ ।
अण्डा उमालिएको पानीमा मिनरल्सलगायतका तत्व हुन्छन् । यसले बिरुवालाई खानेकुरा बनाउन सहयोग गर्दछ । यसमा हुने ओर्गेनिक क्याल्सियमको कारण बिरुवाको जरा बलियो हुन्छ ।
अपार्टमेन्ट अथवा घरका कोठाहरुमा राखिएको बिरुवालाई सिधै सूर्यको प्रकाश मिल्दैन । यस्तो अवस्थामा तपाई अण्डा उमालिएको पानी राख्दा बिरुवा छिट्टै हुर्कन मद्दत पुग्दछ ।
कम्तिमा महिनामा एकपटक बिरुवामा अण्डा उमालिएको पानी हाल्दा बिरुवा छिट्टै हुर्कन्छ । अण्डा उमालिएको पानी चिसो भएपछि यसलाई बिरुवामा राख्नुपर्छ ।
अण्डा उमालिएको पानी बिरुवाको लागि औषधीजस्तै हो । विभिन्न किसिमका रसायनहरुको सट्टा यसको प्रयोग गर्दा बिरुवाले धेरै फाइदा लिन सक्छ ।
– एजेन्सीहरुको सहयोगमा
The post अत्यधिक उपयोगी हुन्छ अण्डा उमालेको पानी, यसरी गर्न सकिन्छ प्रयोग appeared first on Sajha Post.