Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थपिएका ८८५ संक्रमितको यस्तो छ जिल्लागत विवरण

$
0
0

काठमाडाैँ, १० भदाै । नेपालमा पछिल्लो २४ घन्टामा ८८५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले दिएको जानकारी अनुसार खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३, सुनसरीमा ५५, धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२०, सिरहामा ३, काठमाडौँमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २ र भक्तपुरमा २४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा १, कास्कीमा ४, गोरखामा १, नवलपरासीमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्यूठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पामा १, जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १, सुर्खेतमा ७, अछाममा २०, कञ्चनपुरमा २, कैलालीमा २९, डढेलधुरामा २ तथा डोटीमा २ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

The post बुधबार थपिएका ८८५ संक्रमितको यस्तो छ जिल्लागत विवरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles