काठमाडौं, १० भदाै । नेपालका ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित मिडिया ब्रिफिङमा जनाए अनुसार पर्सा, महोत्तरी, राैतहट, काठमाडाैं, सर्लाही, मोरङ र बारामा ५०० भन्दा बढि कोरोना संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालका २ जिल्ला हुम्ला र मुस्ताङ कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३८५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको बताइएको छ ।
The post यि हुन् ५०० बढी कोरोना संक्रमित भएका ७ जिल्लाहरु appeared first on Sajha Post.