काठमाडौं, १० भदौ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ११ जनाको मृत्यू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।
बितेको २४ घण्टामा मृत्यू हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् । मृत्यू दुईजनामा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यू हुने पुरुषहरुमा कैलालीका ४५ र ५० वर्षका दुईजना, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीनजना, बाँकेका ३७ वर्षीय एकजना, काठमाडौंका ५१ वर्षीय एकजना र बाराका ४१ र ४६ वर्षीय दुईजना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यू हुनेको संख्या १७५ पुगेको छ ।
नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।
The post बितेको २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यू appeared first on Sajha Post.