काठमाडौं, १० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३८५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।
बुधबारसम्म ९ हजार ८३२ जना क्वारेन्टाइनमा रहेका छन् भने १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार २५३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ६ लाख ३५ हजार २५२ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १७५ पुगेको मन्त्रालयले जनाएको छ ।
The post बुधबार थप ८८५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३४ हजार नाघ्यो appeared first on Sajha Post.