Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

धूम्रपान गर्नुहुन्छ ? तपाईंको कोरोनाको जोखिम बढ्न सक्छ !

$
0
0

एजेन्सी, १० भदौ । कोरोना महाव्याधिले संसारलाई नै भयभित बनाइरहेको छ । हाम्रोजस्तो कमजोर व्यवस्थापन भएको देशमा रोग लागिसकेपछि उपचार मुस्किलप्रायः छ । यसर्थ, सकेसम्म रोग लाग्न नदिनका लागि सावधानी अपनाउनु श्रेयस्कर हुन्छ ।

कोरोनाबाट बच्न हामीले हाम्रो आनीबानी पनि सुधार्नुपर्छ । अझ धूम्रपान गर्नुहन्छ भने त तपाईंलाई कोरोना संक्रमणको जोखिम बढी हुनसक्छ ।

विश्व स्वास्थ संगठन (डब्लुएचओ)का अनुसार धूम्रपानका कारण हरेक वर्ष विश्वभरि करिब ८० लाख जनाको मृत्यु हुने गर्छ । यससँगै धूम्रपान कोरोना भाइरस (कोभिड–१९)लाई प्रश्रय दिने खालका विभिन्न रोगसँग समेत सम्बन्धित रहने पनि संगठनले जनाएको छ ।

त्यसैले भन्न सकिन्छ- कोरोना संक्रमणको सम्बन्ध प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धूम्रपानसँग जोडिएको हुन्छ ।

स्वभाविक हो कि धूम्रपान गर्नेको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । चुरोट सेवनले रोग प्रतिरोधात्मक कोषिकालाई दबाउने र निष्क्रिय बनाउँछ । यसका साथै फोक्सोका कोषिकाहरूमा असर पार्छ ।

अर्को तथ्य के छ भने धूम्रपान नगर्नेभन्दा गर्ने व्यक्तिमा श्वासप्रश्वासको समस्या बढी देखिन्छ । क्षयरोग र ब्याक्टेरियल निमोनियाको खतरा पनि धूम्रपान गर्नेहरूमै बढी देखिन्छ ।

धूम्रपान गर्नेहरूमा हैजाजस्ता रोगको सम्भावना अरूको तुलनामा करिब दुई गुणाभन्दा बढी हुन्छ । सन् २०१२ मा फैलिएको ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम’बाट मृत्यु हुनेमध्ये धूम्रपान गर्नेको संख्या धेरै थियो ।

यसरी नै, हाम्रो शरीरमा ‘एन्जियोेटेन्सिन कन्भर्टिङ इन्जाइम टु रिसेप्टार’ नामक प्रोटिन हुन्छ, जुन श्वासप्रश्वास नलीको कोषिकाको सतहमा पाइन्छ । कोरोनाले यही सतहमा रहेर मात्र भाइरस पैदा गर्न र फैलाउन सक्छ । धूम्रपानले ‘एन्जियोेटेन्सिन कन्भर्टिङ इन्जाइम टु रिसेप्टार’लाई बढाउँछ । जसले गर्दा, कोरोना भाइरस फैलिन अझ बढी मद्दत पुग्छ ।

चीनमा कोरोना संक्रमितमा गरिएको एक अध्ययनको निष्कर्षमा आइसियू र भेन्टिलेटरमा राख्नु परेका धेरै व्यक्तिको पृष्ठभूमि धुम्रपान गर्ने रहेको उल्लेख गरिएको छ ।

कोरोना भाइरसले श्वासप्रश्वासमा आक्रमण गर्छ । धूम्रपानले पनि श्वासप्रश्वास प्रणालीलाई नै कमजोर बनाउँछ । यसरी भन्न सकिन्छ- धूम्रपान गर्ने व्यक्तिमा कोरोनाको प्रतिकूल असर पर्ने गरेको हो । मुटु रोग र क्यान्सरको जड पनि धूम्रपान हो ।

ती दुवै प्रकारका रोगी कोरोना संक्रमणको उच्च जोखिममा छन् । विज्ञहरूका अनुसार, धुम्रपान गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ ।

चुरोट सेवनले रोग प्रतिरोधात्मक कोषिकालाई निष्क्रिय मात्र पार्दैन, फोक्सोका कोषिकालाई पनि हानी गर्छ ।

The post धूम्रपान गर्नुहुन्छ ? तपाईंको कोरोनाको जोखिम बढ्न सक्छ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images