Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार ६३४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३१ हजार नाघ्यो

$
0
0

काठमाडौं, ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

शनिबारसम्म ११ हजार ६५८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १२ हजार ६२१ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ५१९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ५ लाख ९२ हजार ४१८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ९ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १४६ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शनिबार ६३४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३१ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles