Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थप ६८१ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २८९३८

$
0
0

काठमाडौं, ३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

बुधबारसम्म १३ हजार ५७१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ११ हजार ११८ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ५२२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ५ लाख ५४ हजार ३८८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १२० पुगेको मन्त्रालयले जनाएको छ ।

The post बुधबार थप ६८१ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २८९३८ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles