Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहीबार थप ३६० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७५०

$
0
0

काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३६० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।

बिहीबारसम्म ९ हजार ४७० जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार २९६ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६२२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख १९ हजार ५७५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप पाँचजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

The post बिहीबार थप ३६० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७५० appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images