काठमाडौं, २३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४२५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
शुक्रबारसम्म १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ३३० जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ९२६ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख २७ हजार ५०१ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप पाँचजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ७० पुगेको मन्त्रालयले जनाएको छ ।
The post शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २२ हजार नाघ्यो appeared first on Sajha Post.