Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य, हेर्नुहोस् ७७ जिल्लाको अवस्था

$
0
0

काठमाडौं, २१ साउन । कोभिड-१९ बाट संक्रमितको ग्राफ उकालो लागिरहेको बेला ७ वटा जिल्लामा भने संक्रमितको संख्या शून्य बनेको छ । कोरोना संक्रमितको संख्या शून्य रहेका जिल्लाहरुमा खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम (पश्चिम) रहेका छन् ।

त्यस्तै ५ जिल्लाहरुमा भने संक्रमितको संख्या २०० भन्दा माथि रहेको छ । यी मध्ये ३ जिल्ला प्रदेश २ मा, १ जिल्ला वागमती प्रदेशमा र १ जिल्ला सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।

 

बुधबारसम्म कोरोनाबाट मृत्यू हुनेको संख्या ६० पुगेको छ । यसमा नेपालमा मृत्यू भएका एक चिनियाँ नागरिकको तथ्यांक पनि समावेश गरिएको मन्त्रालयले जनाएको छ । बुधबारसम्म ५० जना बिरामीहरु आईसियु र भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको पनि मन्त्रालयले जनाएको छ ।

यसरी गम्भीर अवस्थामा उपचार गराउनेको संख्या वागमती प्रदेशमा सबैभन्दा धेरै २८ रहेको छ । प्रदेश २ मा १९ जना, प्रदेश ५ मा २ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जनालाई आईसियु र भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको हो ।

प्रदेशअनुसार संक्रमितको विवरण-

The post ७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य, हेर्नुहोस् ७७ जिल्लाको अवस्था appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles