काठमाडौं, १० साउन । नेपालमा पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १०६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।
शनिबारसम्म १८ हजार १८३ जना क्वारेन्टाइनमा रहेका छन् भने ५३८५ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४०७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ । हालसम्म ३ लाख ३९ हजार १५७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।
थप एकजनाकाे संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४५ पुगेको छ । पछिल्ला ४ दिनमा यो पाँचौ मृत्यु हो ।
The post शनिबार थपिए १०९ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १८४८३ appeared first on Sajha Post.