काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १३३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १०७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
शुक्रबारसम्म १९ हजार ४४४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३८३ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ९८७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ । हालसम्म ३ लाख ३५ हजार ८२ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।
थप एकजनाकाे संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४४ पुगेको छ ।
The post शुक्रबार थपिए १३३ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १८३७४ appeared first on Sajha Post.