Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहीबार थपिए १४७ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १८२४१

$
0
0

काठमाडौं, ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १५६  जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८४०  पुगेको छ ।

बिहीबारसम्म २० हजार ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३५८ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म ३ लाख ३१ हजार ९५  पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।

थप एकजनाकाे संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४३ पुगेको छ ।

The post बिहीबार थपिए १४७ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १८२४१ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles