काठमाडौं, ७ साउन । नेपालमा २०० भन्दा बढी कोरोना संक्रमित रहेको जिल्ला अब ४ वटा मात्र बाँकी रहेका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको तथ्यांकका अनुसार ७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।
कोरोना संक्रमितहरुको शून्य संख्या रहेका जिल्लाहरु धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । २०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा प्रदेश नं. २ जिल्लाहरु महोत्तरी र रौतहट रहेका छन् सुदूरपश्चिम प्रदेशका २ जिल्लाहरु कैलाली र बाजुरा रहेका छन् ।
कोरोना संक्रमित सबैभन्दा धेरै प्रदेश ५ मा बाँकी छन् । त्यहाँ ३४५ जना निको हुँदा ३ हजार ८४८ जना संक्रमित बाँकी नै छन् भने १० जनाको मृत्यू भएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमित भएकाहरुको निको हुने दर ७०.१ प्रतिशत रहेको छ ।
हेर्नुहोस् प्रदेशअनुसार कोरोना संक्रमितको अवस्था-
The post अब केवल ४ जिल्लामा मात्र २०० भन्दा बढी कोरोना संक्रमित, हेर्नुहोस् ७७ जिल्लाको अवस्था appeared first on Sajha Post.