काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १७३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ पुगेको छ ।
सोमबारसम्म २२ हजार २२८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९३६ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार २१६ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख १९ हजार ८७२ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।
अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४० रहेको छ ।
The post सोमबार थपिए १८६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १७८४४ appeared first on Sajha Post.