Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाविहिन जिल्लाको संख्या बढ्दै, २०० भन्दा बढी संक्रमित रहेको जिल्ला ६ मात्र

$
0
0

काठमाडौं, ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्लाको संख्या बढिरहेको छ ।

आइतबार मन्त्रालयद्वारा सार्वजनिक विवरण अनुसार धनकुटा, पाँचथर, भोजपुर, रसुवा, मनाङ, मुस्ताङ, जुम्ला र हुम्ला गरी ८ जिल्ला कोरोनाविहिन भएका हुन् । मन्त्रालयका अनुसार २०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरु केवल ६ वटा रहेका छन् ।

 

२०० भन्दा बढी कोरोना संक्रमित जिल्लाहरु सुदूरपश्चिम प्रदेशमा ४ र प्रदेश दुईमा २ वटा रहेका छन् ।

नेपालमा कुल कोरोना संक्रमितमध्ये १४ प्रतिशत महिला रहेका छन् भने बाँकी ८६ प्रतिशत पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् प्रदेशगत विवरण-

The post कोरोनाविहिन जिल्लाको संख्या बढ्दै, २०० भन्दा बढी संक्रमित रहेको जिल्ला ६ मात्र appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles