Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाविरुद्ध खोपः अक्सफोर्ड युनिभर्सिटीलाई अहिलेसम्म कै ठूलो सफलता

$
0
0

लण्डन, ५ साउन । बेलायतको अक्सफोर्ड युनिभर्सिटीद्वारा विकास गरिएको एक कोरोना भाइरसविरुद्धको खोप मानिसका लागि बढी सुरक्षित पाइएको छ ।

युनिभर्सिटीले मानवमा गरेको परीक्षणको क्रममा उक्त खोपले मानिसमा कोरोना भाइरसविरुद्ध लड्ने इम्युनिटी अर्थात् भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता विकसित हुने पुष्टि भएको हो ।

कोभिड-१९ महामारीविरुद्ध संसारभरी चलिरहेको खोप विकासको काममा यो सबैभन्दा ठूलो सफलता भएको बीबीसीले खबर लेखेको छ ।

युनिभर्सिटीका यो खोपको परीक्षण १०७७ जना मानिसमा गरिएको थियो ।

मानवमाथि परीक्षणको क्रममा जुन मानिसमा यो खोप लगाइयो, उसको शरीरमा कोरोना भाइरसबाट लड्ने सेतो रक्त सेल र एन्टीबडी विकसित भएको प्रमाण भेटिएको हो ।

यद्यपि, यसले कोरोना संक्रमितलाई पूर्णरुपमा रोक्न सक्छ भनिहाल्नु भने हतार हुनेछ ।

अक्सफोर्डका वैज्ञानिकहरु यो उपलब्धिबाट खुसी छन् । यो सफलतासँगै अब ठूलो संख्यामा मानिसमाथि परीक्षण गरेर भ्याक्सिनको सफलता पुष्टि गर्न उनीहरु तम्तयार छन् ।

बेलायती सरकारले यसअघि नै उक्त भ्याक्सिनको १० करोड डोज बनाउन अर्डर दिइसकेको छ ।

यो खोपले कसरी काम गर्छ ?

यो भ्याक्सिनलाई ChAdOx1 nCoV-19 नाम दिइएको छ । यसलाई एमदमै छिटो विकास गरिएको हो ।

यो खोपलाई जेनेटिकल्ली इन्जिनियर्ड भाइरसको मद्दतबाट तयार गरिएको हो, यो भाइरसका कारण चिम्पान्जीलाई सामान्य रुघाखोकी लाग्छ ।

उक्त भाइरसलाई धेरै नै संशोधन गरिएको छ ताकि यसबाट मानिसमा संक्रमण नहोस् र यो काफि हदसम्म कोरोना भाइरसजस्तो लागोस् ।

यो भ्याक्सिन सामान्यतः कोरोना भाइरसजस्तै देखिन्छ तर बिस्तारै प्रतिरोधात्मक प्रणालीले यसमाथि हमला गर्न सिक्न सक्छ ।

एन्टी बडिज र टी कोशिकाहरु के हो ?
कोरोना भाइरसलाई लिएर अहिलेसम्म धेरै ध्यान एन्टीबडी तयार गर्नका लागि दिइएको छ । तर यो हाम्रो प्रतिरोधात्मक प्रणालीको एउटा भाग हो ।

एन्टी बडिज् हाम्रो इम्युन सिस्टमद्वारा तयार गरिएको सानो सानो प्रोटिन हो जुन भाइरसको सतहमा टाँसिन्छ ।

यो एन्टीबडीले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्छ ।

टी सेल हाम्रो सेतो रक्त कोशिकाको एक प्रकार हो जसले इम्युन सिस्टमलाई सहयोग गर्दछ । यसका साथै शरीरको कुन कुन कोशिका संक्रमित भइसकेको छ थाहा पाएर त्यसलाई नष्ट पनि गर्दछ ।

सबै कामकाजी भ्याक्सिन एन्टीबडी तयार गर्नुका साथै टी-सेल प्रतिक्रियामा पनि उपयुक्त हुन्छ ।

भ्याक्सिन लगाएको १४ दिनपछि टी सेलको स्तर आफ्नो उत्कर्षमा पुग्छ, जबकि एन्टी बडीलाई उत्कर्षमा पुग्न २८ दिन लाग्छ । लामो समयसम्म इम्युनिटीलाई लिएर यो भ्याक्सिनको असरमाथि अहिले नै अध्ययन भइसकेको छैन ।

के यो सुरक्षित छ ?
यो खोप पूर्णरुपमा सुरक्षित छ । तर यसका केही साइड इफेक्टहरु छन् ।

यद्यपि, कुनै पनि साइड इफेक्ट्स अत्यधिक हानिकारक हुँदैनन् । तर भ्याक्सिन लिने ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिन सक्छ ।

शोधकर्ताहरुका अनुसार यी समस्याहरुलाई केवल प्यारासिटामोलबाट हटाउन सकिन्छ ।

अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर सारा गिलबर्टका अनुसार यो भ्याक्सिन कोभिड-१९ का विरुद्ध सफल छ भनेर पुष्टि गर्नुअघि अझै धेरै काम गर्न बाँकी छ । तर यो भ्याक्सिनको सुरुवाती नतिजा एकदमै उत्साहवर्द्धक छ ।

The post कोरोनाविरुद्ध खोपः अक्सफोर्ड युनिभर्सिटीलाई अहिलेसम्म कै ठूलो सफलता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles