Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थपिए १५६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १७६५८

$
0
0

काठमाडौं, ४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको छ ।

आइतबारसम्म २२ हजार ६६२  जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९२३ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ७४१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख १५ हजार ५७० पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।

अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४० रहेको छ ।

The post आइतबार थपिए १५६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १७६५८ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images