Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चुम्बन स्वास्थ्यको लागि धेरै फाइदाजनक

$
0
0

काठमाडौं, १८ असार । नेपाली समाजमा यौनलाई दबाएर राखिएको हुन्छ । यस्ता बिषयमा खुलेर कुरा गरेको पाईंदैन ।

एक विवाहित दम्पत्ति समेत खुलेर रमाउन पाउँदैन । प्रेम निषेधित समाज हो हाम्रो । हाम्रो समाजमा चुम्बनलाई नराम्रो नजरले हेर्ने प्रचलन छ । तर अमेरिकामा गरिएको एक अध्ययनका अनुसार चुम्बन स्वास्थ्यको लागि धेरै फाईदाजक रहेको तथ्य सार्वजनिक भएको छ ।

मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ । चुम्बनले रोगप्रतिरोधी क्षमता बढाउँछ । चुम्बन गर्ने ब्यक्ति र नगर्ने ब्यक्तिबीच गरिएको अध्ययनअनुसार तनाव कम गर्नुका साथै मानसिक तनाव कम गर्ने पाइएको छ ।

प्राकक्रिडामा प्रशस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएको छ ।

चुम्बनले रक्तचाप तथा कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ ।

चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन मद्दत गर्छ ।

चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । जसले मानिसको मुडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ ।

तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मुड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहित हुन्छ ।

चुम्बनका बेला शरीरमा प्रशस्तै क्यालोरी दहन हुन्छ । नियमितरुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुन्छ ।

The post चुम्बन स्वास्थ्यको लागि धेरै फाइदाजनक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles