काठमाडौं, १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ६६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३२० पुगेको छ ।
बिहीबारसम्म २ लाख ३७ हजार ७६४ पिसिआर परीक्षण सम्पन्न भएको छ ।
अहिलेसम्म ३८ हजार १०९ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार १६८ जना आइसोलेसनमा रहेका छन् ।
थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पनि ३१ पुगेको उनले जानकारी गराए ।
The post बिहीबार थपिए ४७३ संक्रमित, कुल संक्रमितको संख्या १४५१९ appeared first on Sajha Post.