Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाविरुद्धकाे भ्याक्सिन अगस्ट १५ तारिखमा लन्च गर्ने भारतको तयारी

$
0
0

एजेन्सी, १९ असार । भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन अगस्ट १५ तारिखमा लन्च गर्ने तयारी गरेको छ । भ्याक्सिन तयार भएको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने तयारी भएको खबर नवभारत टाइम्सले प्रकाशित गरेको छ।

भारतले आफ्नो स्वतन्त्रता दिवसको दिनको अवसरमा भ्याक्सिन लन्च गर्न लागेको हो । त्यस दिनदेखि आफूलाई कोरोनामुक्त घोषित गर्ने सम्भावनाको तयारी समेत गरेको पत्रिकाले उल्लेख गरेको छ।

यो भ्याक्सिन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले हैदरवादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेड बीबीआईएलसँग मिलेर बनाएको हो।

भ्याक्सिनको नाम ‘बीबीभी१५२’ कोभिड भ्याक्सिन राखिएको छ।

The post कोरोनाविरुद्धकाे भ्याक्सिन अगस्ट १५ तारिखमा लन्च गर्ने भारतको तयारी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles