Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप ५८६ जनामा कोरोना संक्रमित भेटियो, कुल संक्रमितको संख्या ७१७७ पुग्यो

$
0
0

काठमाडौं, ३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५८६ जनामा कोरोना संक्रमित भेटिएको छन् ।

मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१७७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बुधबार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट संक्रमित १ हजार १६७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यीमध्ये ११२ जना महिला रहेका छन् भने १०५५ जना पुरुष रहेका छन् ।

त्यस्तै कोराोनाका कारण थप एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

मृगौला सम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार बुधबारसम्म १ लाख ४९ हजार ७७२ पिसिआर र २ लाख ३३ लाख ५४३ आरडिटी परीक्षण सम्पन्न भइरहेको छ । उनका अनुसार १ लाख २५ हजार ७९८ मानिस क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९९० आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित महोत्तरीमा पुष्टि भएका छन् ।

मन्त्रामलयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार महोत्तरीमा मात्रै २०० संक्रमित थपिएका छन् । त्यस्तै रौतहटमा १२७, प्युठानमा ३८, उदयपुरमा ४ , सिराहामा १, मोरङमा ९, झापामा २, धनुषामा २६, बारामा ७, कपिलवस्तुमा १०, रुपन्देहीमा ७, सर्लाहीमा ६, अर्चाखाँचीमा १२, कैलालीमा १, पर्वतमा ३, पूर्व नवलपरासीमा १७, गुल्मीमा २६, बाँकेमा १, बर्दियामा ३१, दाङमा ८, सल्यानमा २५, सुर्खेतमा २, दैलेखमा २, कालीकोटमा १४ र कञ्चनपुरमा सातजना नयाँ संक्रमित थपिएका छन् ।

The post थप ५८६ जनामा कोरोना संक्रमित भेटियो, कुल संक्रमितको संख्या ७१७७ पुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles