Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

प्रम ओलीको निजी चिकित्सक डा. सिंह आईओएमको डिनमा नियुक्त

$
0
0

काठमाडौं, ३ असार । प्रा. डा. दिव्या सिंह शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा नियुक्त भएकी छन् । डा. सिंह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत हुन् ।

आईओएमका डिन प्रा.डा. जगदिस अग्रवालले उमेर हदका कारण केही दिनअघि अवकाश पाए पछि उक्त पद खाली रहँदै आएको थियो ।

डिन बन्नका लागि प्रा. डा. शाह सँगै प्रा.डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ प्रतिष्पर्धामा थिए । प्रा.डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डिनका लागि यी तीन जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस लगत्तै बुधबार त्रिवि कार्यकारी परिषद्ले शाहलाई आईओएमको डिन नियुक्त गरेको छ ।

The post प्रम ओलीको निजी चिकित्सक डा. सिंह आईओएमको डिनमा नियुक्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles