काठमाडौं, २ असार । समयमै उपचार नपाई बिरामीको मृत्यु हुने क्रम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक अस्पतालबाट अर्को अस्पतालमा बिरामी पठाउँदा आवश्यक समन्वय हुन नसक्दा बिरामीले समयमै उपचार पाउन नसकिरहेकोले त्यसो नगर्न मन्त्रालयले सम्बन्धित सबैमा आग्रह गरेकाे छ ।
हरेक अस्पताल र चिकित्सकले बिरामीलाई अर्को अस्पतालमा पठाउँदा आवश्यक समन्वय गर्नुपर्ने मन्त्रालयले जनाएको छ । सरकारकाे सचिवस्तरकाे निर्णय अनुसार अस्पताल, डाक्टर र सम्बन्धित सबैमा आग्रह गरिएकाे मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले बताएका छन् ।
The post उपाचार नपाई बिरामीकाे मृत्यु हुने क्रम बढ्यो, स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण appeared first on Sajha Post.