Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप ३८० जनामा कोरोना संक्रमणको पुष्टि, कूल संक्रमित ६ हजार ५९१ पुगे

$
0
0

काठमाडौं, २ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयद्वारा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

मंगलबारसम्म नेपालमा १ लाख ४३ हजार ७३८ पिसिआर परीक्षण र २ लाख २३ हजार ५१९ आरडिटी परीक्षण सम्पन्न भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

मंगलबारसम्म नेपालमा १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ५३१ जना आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।

प्रवक्ता गौतमका अनुसार मंगलबार ८ जना महिला र १०९ जना पुरुष गरी १२७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल निको हुनेको संख्या ११५८ पुगेको छ ।

भिडियोमा पनिः

The post थप ३८० जनामा कोरोना संक्रमणको पुष्टि, कूल संक्रमित ६ हजार ५९१ पुगे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles