Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

संक्रमित आमाले सन्तानलाई दूध चुसाउँदा कोरोना सर्दैन : डब्लुएचओ

$
0
0

एजेन्सी, १ असार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमित आमाले सन्तानलाई दूध चुसाउँदा कोरोना नसर्ने बताएको छ ।
संक्रमित आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन डब्लुएचओको आग्रह छ ।

आफूहरुले अध्ययन गर्दा दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताए ।

अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने नदेखिएको उनको भनाई छ । आमा अति बिरामी नपरेसम्म बच्चाहरुलाई आमाबाट पर राख्न नहुने पनि डब्लुएचओले जनाएको छ ।

The post संक्रमित आमाले सन्तानलाई दूध चुसाउँदा कोरोना सर्दैन : डब्लुएचओ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles