Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

७३ जिल्लामा पुग्यो कोरोना, हेर्नुहोस् जिल्लागत विवरण

$
0
0

काठमाडौं, ३२ जेठ । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकका अनुसार ७७ मध्ये केवल ४ जिल्लामा मात्र अहिलेसम्म कोरोना पोजेटिभ भेटिएका छैनन् ।

आइतबार रुकुम पूर्व कोरोना संक्रमित भेटिएसँगै कोरोना फैलिएको जिल्लाको संख्या ७३ पुगेको हो । अहिलेसम्म बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशको हिमालापारीका जिल्लाहरु मनाङ र मुस्ताङ र प्रदेश नं. १ को ओखलढुंगामा कोरोना संक्रमित भेटिएका छैनन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नयाँ सङ्क्रमित भएकामा ३७५ पुरुष र ५० महिला रहेका छन् । योसँगै हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको छ । यीमध्ये पुरुष पाँच ३२४ र महिला ४३६ छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । आज मात्रै ६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना कोभिडका सङ्क्रमित डिस्चार्ज भएका छन् । तीमध्ये छ महिला र ५५ पुरुष छन् । हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । त्यसमा ८७७ पुरुष र ९७ महिला रहेका छन् ।

कोभिड–१९ सङ्क्रमणले थप एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ १२ गते रुपन्देहीमा कोभिड पुष्टि भएको थियो । आइसोलेशनमा उपचाररत उनमा क्यान्सर रोगको समस्या थियो । उनी भारतबाट आएका थिए । हालसम्म कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६८९ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख ३३ हजार ३७७ पुगेको छ । आरडिटी परीक्षणको सङ्ख्या दुई लाख १० हजार ७२१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार १३९ जनाको आरडिटी परीक्षण गरिएको छ ।

त्यसैगरी आजसम्म मुलुकभर एक लाख ४३ हजार ६४१ छ । आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या चार हजार ७६७ रहेको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९८ पुगेको छ ।

 

यसैबीच, अहिले बन्दाबन्दी खुल्ला भएसँगै मानिसको आवतजावत बढिरहेको र एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने व्यक्तिले कोभिडको परीक्षण गराएर मात्र जानुपर्ने भन्ने हल्लाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा, यात्रा गर्दा सङ्क्रमण जोखिम हुन्छ नै तर यात्राबाट आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने मन्त्रालयको स्वास्थ्य निर्देशिकामा नभएकाले यस किसिमका कोही कसैको परीक्षण नगर्न/नगराउन सम्बन्धित स्वास्थ्यकर्मी स्वास्थ्य संस्था र प्रयोगशालामा अनुरोध छ’, मन्त्रालयका प्रवक्ता डा गौतमले भने ।

मन्त्रालयले ‘सम्बन्धित स्थानीय निकाय, घरबेटीलाई कोभिडको परीक्षण गर्ने सरकारको मापदण्ड छ’ जसलाई जहिले पनि परीक्षण गर्दा स्रोतसाधनको दुरुपयोग हुने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नजान पनि अपिल गरेको छ । जानै परेमा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । यस्तै बाहिरबाट आउने व्यक्तिले आफैं होम क्वारेन्टिनमा बस्नु उपयुक्त हुने र आफूलाई गाह्रो भएमा मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएका पिसिआर परीक्षणका नमूना आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने व्यवस्था गरिएको जनाएको छ । यसका लागि लाग्ने शुल्क स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ । विदेश जानुपर्ने प्रवेषाज्ञा वा निरोगिताका लागि सङ्कलन गर्नुपर्ने नमूना वीर अस्पताल र पाटन अस्पतालमा गर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।

The post ७३ जिल्लामा पुग्यो कोरोना, हेर्नुहोस् जिल्लागत विवरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles