Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२५० नयाँ संक्रमित थपिए, कुल संक्रमित ४६१४

$
0
0

काठमाडौं, २९ जेठ । नेपालमा थप २५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६१४ पुगेको छ ।

विहीबारसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या ८६१ पुगेको छ । प्रवक्ता गौतमका अनुसार विहीबारसम्म १ लाख १५ हजार ९३० पिसिआर परीक्षण भएको छ भने १ लाख ७८ हजार १४३ आरडिटी परीक्षण सम्पन्न भएको छ ।

विहीबारसम्म १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै, ३ हजार ७३८ जना आइसोलेसनमा रहेका छन् ।

The post २५० नयाँ संक्रमित थपिए, कुल संक्रमित ४६१४ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles