Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा कोरोना संक्रमितको संख्या निक्कै बढ्न सक्ने डब्लूएचओको चेतावनी

$
0
0

काठमाडौं, २८ जेठ । नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमित निकै बढ्न सक्ने चेतावनी दिएका छन् ।

संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै उनले लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने बताए ।

लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनको भनाई छ ।

नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् ।

The post नेपालमा कोरोना संक्रमितको संख्या निक्कै बढ्न सक्ने डब्लूएचओको चेतावनी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles