एजेन्सी, १ जेठ । लकडाउनको समय शारीरिक सौन्दर्यतालाई ध्यान दिने राम्रो अवसर मिलेको छ । यदि यो समय तपाई पनि आफ्नो कपाल र छालाको देखभालमा लाग्नु भएको छ भने आज हामी तपाईलाई एउटा अचुक वस्तु प्रयोग गर्न सल्लाह दिन्छौ । जसले छालामा निखार र कपालको सौन्दर्यतालाई बढाउन मद्दत गर्दछ ।
हजुर यो अचुक सामाग्री हो ग्रिन टी । ग्रिन टीमा एक्टीअक्डिेन्टको मात्रा भरपूर हुन्छ । यसबाहेक यसमा यस्ता धेरै गुडहरु हुन्छन् जसले तपाईको स्वास्थ साथै छालालाई पनि फाइदा दिन्छ । यसले अनुहारमा निखार र कपाललाई बलियो बनाउने काम गर्छ ।
ग्रिन टीका पाँच फाइदाहरु
१. डन्डीफोरबाट हैरान हुनुहुन्छ भने ग्रिन टी ब्गायलाई उमालेर त्यसमाबाट आएको रसमा रुवा डुबाएर त्यसलाई डन्डीफोर र त्यस वरिपरीका भागहरुमा लगाउनुहोस् । यसरी अनुहार सुके पछि धुनुहोस् । दिनमा तीनचार पटक यो पानीलाई लगाउनुहोस् । केही दिनसम्म दैनिकि यसो गरे पछि डन्डीफोर हराएर जान्छ ।
२. अनुहारमा निखार चाहनुहुन्छ भने आधा कप पानीमा ग्रिन टी ब्यागलाई उमाल्नुहोस् । यो चिसो भए पछि एक चम्ची मह र दुई तीन थोपा कागतीको रस मिसाएर अनुहारमा लगाएर १० मिनेट पछि धुनुहोस् । हप्तामा दुई पटकसम्म यसको प्रयोग गर्नुहोस् ।
३. छालामा आउने चाउरीपनाका कारण तनावमा हुनुहुन्छ भने ग्रिन टीको पानीमा थोरै बेसा र कागतिको रस मिसाएर अनुहारमा लगाउनुहोस् । दुई मिनेटसम्म मसाज गरेर १० मिनेटका लागि त्यसलाई अनुहारमा नै छोडिदिनुहोस् । अनि धुनुहोस् । हप्तामा यसलाई तीन पटक लगाउनुहोस् । तपाईको छाला कलिलो र नरम देखिन्छ । तर छाला संवेदनशील छ भने यसको प्रयोग नगर्नुहोस् ।
४. कपाल झर्ने समस्या रोक्नु छ र लामो बलियो कपाल चाहिएको छ भने दुई तीन ओटा ग्रिन टी ब्याग र एक कप पानी उमाल्नुहोस् । कपाल राम्ररी स्याम्पोले धुनुहोस् । त्यसपछि पुन ग्रिन टी पकाएर सेलाएको पानीले पनि कपाल धुनुहोस् । हप्तामा दुईपटक यसको प्रयोग गर्नुहोस् ।
५. गर्वावस्थामा अप्रेसन गर्दा सिलाईको दाग छ भने आधा कप पानीमा ग्रिन टी उमाल्नु होस् । त्यसपछि त्यस पानीले उक्त दागमा मसाज गर्नुहोस् । दिनमा दुई तीन पटक यसो गरिसकेपछि तपाईको दाग आफै हराएर जान थाल्छ ।
The post बलियो कपाल र निखारीएको छालाका लागि यसरी प्रयोग गर्नुहोस् ग्रिन टी appeared first on Sajha Post.