Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना भाइरस सायद कहिल्यै सकिँदैन, संसारले यससँग बाँच्न सिक्नुपर्छः डब्लूएचओ

$
0
0


जेनेभा, १ जेठ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)का आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रेयानले कोरोना कहिल्यै खतम नहुने रोग बन्न सक्ने भएकोले यससँगै बाच्न सिक्नुपर्ने बताएका छन् । उनले एचआईभी पनि अहिलेसम्म नसकिएको र मानिस त्यसको सामना गर्दै बाँचिरहेको तर्क अगाडि सारे ।

रेयानले भने, ‘म यी दुई रोगको तुलना गरिरहेको छैन तर हामीले यथार्थ बुझ्नैपर्छ । कसैले यसको अनुमान पनि गर्न सक्दैन कि कोरोना कहिले जान्छ ।’

डब्ल्यूएचओका अनुसार संक्रमणका नयाँ घटनाहरु बढिरहेका छन् । यस्तोमा लकडाउन हटाउँदा रोग नयाँ शिराबाट फैलन सक्छ । पुनः लकडाउन गर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ । जब नयाँ संक्रमणको दर कम हुनथाल्छ र धेरैजसो संक्रमितहरु ठिक हुन थाल्छन्, तब मात्र लकडाउन हटाउनु पर्छ । यस्तो स्थितिमा जब तपाईंले प्रतिबन्ध हटाउनुहुन्छ तब संक्रमणको खतरा बढ्छ । यदि तपाईंले संक्रमण धेरै हुँदा पनि प्रतिबन्ध हटाउनुभयो भने संक्रमण झन तिव्रतामा बढ्छ ।

(डब्ल्यूएचओ)का आपतकालीन कार्यक्रम प्रमुखका अनुसार कोरोनाको भ्याक्सिन आएपछि पनि कोरोनाको प्रभाव पूर्णरुपमा नसकिन सक्ने सम्भावना औंल्याएका छन् । मिजल्स जस्ता रोगको भ्याक्सिन छ, तर रोग सकिएको छैन ।

अहिले कोरोनाविरुद्ध १०० भन्दा बढी भ्याक्सिनहरुमाथि काम भइरहेको छ । तर यो काममा प्रभावकारी र उपलब्धतामा पनि सहज हुन आवश्यक छ ।

The post कोरोना भाइरस सायद कहिल्यै सकिँदैन, संसारले यससँग बाँच्न सिक्नुपर्छः डब्लूएचओ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles