Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

स्वीटजरल्याण्डले दिएको ३० हजार थान पीसीआर टेष्ट किट नेपाल आइपुग्यो

$
0
0

काठमाडौं, २५ वैशाख । स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट नेपाल आइपुगेको छ । पिसिआर टेष्ट किट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायुसेवा निगमको वाइडबडी विमान मार्फत बिहीबार नेपाल आइपुगेको हो ।

स्वीस सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

टेष्ट किट हस्तान्तरण गर्दै नेपालका लागि स्वीस राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताए ।

एसडिसिले ४ हजार सेट पीपीइ सेट, १ हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन-९५ मास्क यसअघि नै सरकारलाई प्रदान गरिसकेको छ । यसैगरी स्वीस सरकारले कोभिड-१९ को पूर्वतयारी, राहत र पुनस्र्थापानाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

सहयोगका लागि निर्माण भएको त्यस कोषले महामारी प्रभावित नेपालको सामाजिक, आर्थिक असर घटाउन र आवश्यकता तथा समावेशीतामा आधारित कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास स्वीस सरकारले व्यक्त गरेको छ ।

कोरोना रोकथामका लागि नेपाल सरकारको प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि स्वीस सरकारले गरेको छ ।

The post स्वीटजरल्याण्डले दिएको ३० हजार थान पीसीआर टेष्ट किट नेपाल आइपुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles