काठमाडौं, २३ वैशाख । कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका काठमाडौंका एक पुरुषमा पुनः संक्रमण देखिएको छ । पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
योसँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । चैत ५ गते बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा गएकाे वैशाख ११ गते काेराेना संक्रमण पुष्टि भएको थियो ।
उनीहरु उपचारपछि निको भएर यहि वैशाख ११ गते घर फर्किएका थिए । एक सातापछि फेरी परीक्षणका लागि अस्पताल पुगेका उनको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि रौतहट र वीरगञ्जमा रहेका दुई भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
The post कोरोना मुक्त भई घर फर्किएका काठमाडौंका एक पुरुषमा पुनः संक्रमण appeared first on Sajha Post.