Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

रातो खुर्सानी खानुहुन्छ भने जानीराख्नुस् यसका अद्भुत फाइदाहरु

$
0
0

एजेन्सी । हालै गरिएको एक अनुसन्धानले पाकेको अर्थात रातो खुर्सानीको सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने देखाएको छ ।

जो मानिस दैनिक रातो खुर्सानी खान्छ उसको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ । अझ शोधकर्ताको भनाइ मान्ने हो भने त रातो खुर्सानीको सेवनले मानिसको आयू समेत बढ्छ । आज हामी तपाईलाई रातो खुर्सानी सेवनले हुने फाइदाहरुबारे जानकारी गराउँछौं ।

रातो खुर्सानीले खाएमा केही उपयोगी तत्वहरु पाइन्छ जस्तै अमीनो एसिड, एस्कार्बिक एसिड, फोलिक एसिड, सिट्रिक एसिड, मैलिक एसिड, मैलोनिक एसिड आद‍ि । रातो खुर्सानी हरियोभन्दा निकै लाभदायी हुन्छ ।

धेरै मानिसहरु खुर्सानी खानु राम्रो मान्दैनन् तर बेलायतमा गरिएको शोधका अनुसार यसले शरीरमा क्यालोरी उत्पादनमा सहयोग गर्छ र शक्ति प्रदान गर्छ ।

रातो खुर्सानीमा फोलिक एसिड पर्याप्त मात्रामा हुन्छ । यो यस्तो तत्व हो जसले गर्भवती महिलाहरुका लागि एकदमै फाइदाजनक मानिन्छ । फोलिकले गर्भवती महिलाको पेटमा हुर्किरहेको बच्चाको प्रजनन अंग विकास गराउन मदत गर्छ ।

रातो खुर्सानीले कपाल चम्काउनुका साथै छालामा रक्तसंचार प्रदान गरी स्वस्थ बनाउँछ ।

यसले रक्तचाप कम गर्छ र क्यान्सरबाट पनि बचाउँछ ।

The post रातो खुर्सानी खानुहुन्छ भने जानीराख्नुस् यसका अद्भुत फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles