Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

लिंग परीक्षण गर्नुपर्दैन, अब यसरी थाहा पाउन सकिन्छ पेटमा छोरा छ कि छोरी !

$
0
0

एजेन्सी, २ माघ । एक नयाँ अनुसन्धानबाट हुनेवाली आमाको रक्तचापबाट बच्चाको लिंग पहिचान गर्न सकिने खुलासा भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भाधानभन्दा पहिला जुन महिलाको रक्तचाप कम हुन्छ उनले छोरीलाई जन्म दिने सम्भावना बढी हुन्छ ।

क्यानडाको माउन्ट सिनाई अस्पतालमा एन्डोक्रेनोलजिस्ट डा. रवि रत्नाकरणको नेतृत्वमा अनुसन्धानकर्ताहरुको नयाँ अनुसन्धानका अनुसार उच्च रक्तचाप भएका महिलाले छोरा जन्माउने सम्भावना धेरै हुन्छ ।

रत्नाकरणका अनुसार यसबाट पत्ता लाग्दछ कि ‘गर्भाधानभन्दा पहिला महिलाको रक्तचाप एउटा यस्तो तथ्य हो जसको बारेमा अहिलेसम्म ध्यान दिइएको थिएन र यो तथ्य गर्भमा हुर्किइरहेको बच्चाको लिंगसँग जोडिएको हुन्छ ।’

उक्त शोधसँगै शोधकर्ताले आमाको गर्भाधानभन्दा पहिलाको स्वास्थ्य अवस्था र बच्चाको लिंगको बीच सम्बन्धको खोजी गरेको थियो । २००९ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धानमा चीनको ३ हजार ३ सय ७५ मिहलाहरुलाई सहभागी गराइएको थियो । यो अनुसन्धान अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित छ ।

The post लिंग परीक्षण गर्नुपर्दैन, अब यसरी थाहा पाउन सकिन्छ पेटमा छोरा छ कि छोरी ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles