Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना

$
0
0

काठमाडौं, ५ वैशाख । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ ।

अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा फिस हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमनलाई निरन्तरता दिएको छ ।

The post समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles