सिओल, ५ वैशाख । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडिसी)ले त्यहाँ कोरोना संक्रमणबाट निको भएका २.१ मानिसमा पुनः कोरोना परीक्षणबाट पोजेटिभ नतिजा भेटिएको जनाएको छ ।
केसिडिसीलाई उद्धृत गर्दै सिएनएनमा प्रकाशित खबरका अनुसार कोरोनाबाट निको भएका ७,८२९ बिरामीलाई आइसोलेसनबाट घर पठाएपछि पुनः गरिएको परीक्षणमा १६३ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।
यस्तो नतिजाले त्यहाँ उपचारको नेतृत्व गरिरहेको सरकारी टोलीमा द्विविधा पैदा भइरहेको छ । रोगबाट निको भएपछि पुनः उसलाई कोरोना नहुने विज्ञहरुको बुझाई रहँदै आएको थियो ।
केसीडिसीका अनुसार आइसोलेसनबाट छोडिएको औसत १३.५ दिनपछि पुनपरीक्षण गर्दा यस्तो देखिएको हो । कोरोनाबाट निको भइसकेपछि आइसोलेसनबाट छाडिएको २४ घण्टादेखि ३५ दिनभित्र परीक्षण गरिएको केसीडिसीले जनाएको छ ।
अध्ययन गरिएकामध्ये १३७ मध्ये ४३.९ प्रतिशतमा सामान्य लक्षण देखिएको केसीडिसीले जनाएको छ ।
The post कोरोनाबाट निको भएका २ प्रतिशतमा पुनः कोरोना पोजेटिभ देखियो appeared first on Sajha Post.