काठमाडौं, १८ चैत । कोरोना भाइरसको महामारीका कारण तपाईं पनि लकडाउनका कारण घरभित्रै हुनुहुन्छ । हो, तपाईंजस्तै करोडौं मानिसहरु अहिले घरभित्रै थुनिएका छन् ।
यस्तो अवस्थामा करोडौं मानिसहरुले अफिसको काम घरबाटै गरिरहेका छन् । यस्तो अवस्थामा तपाईंलाई काम गर्न र तनाव कम गर्न शरीर स्वस्थ हुनुपर्छ र तपाईंलाई धेरै ऊर्जाको आवश्यकता पर्छ ।
खाना वा खाजापछि केरा खाँदा यसले शरीरलाई पर्याप्त ऊर्जा दिन्छ । यसले गर्दा शरीरको ‘इनर्जी-लेवल’ घट्दैन । साथै केरामा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम सोडियम, भिटामिन-सी, फोलेट भिटामिन-ई जस्ता कयौं महत्वपूर्ण पोष्क तत्व पाइन्छ । यसले हाम्रो शरीरलाई दिनभर काम गर्नका लागि अधिकतम् ऊर्जा दिन्छ ।
त्यस्तै केरामा पाइने भिटामिन सी, भिटामिन बी र भिटामिन ईले तपाईंको दिमागको कार्य क्षमता बढाउँछ । यसले तपाईंको मष्तिष्कको क्रियाकलाप क्षमतालाई तिव्रतामा बढाउँछ ।
त्यस्तै, केरा खानु मान्छेको छालाको लागि पनि राम्रो हुन्छ । किनकी यसमा पाइने म्याग्निजको मात्राले छालाई राम्रो गर्छ । भिटामिन सीले एन्टि-अक्सिडेन्टको रुपमा छालामा निखारता ल्याउँछ ।
मुटुसँग जोडिएका समस्या भएका मानिसका लागि केरामा पाइने पोटासिय एकदमै सहयोगी हुनसक्छ । रक्तचापका रोगीलाई पनि केरा फाइदाजनक हुन्छ ।
The post लकडाउनमा घरमै हुनुहुन्छ ? दुईटा केरा खानुहोस् appeared first on Sajha Post.