Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना भाइरसविरुद्ध बालबालिकालाई दिने बीसीजी सुई परीक्षण गर्दै वैज्ञानिकहरु

$
0
0


लण्डन, १८ चैत । १० देखि १४ वर्षका बालबालिकालाई दिइने क्षयरोगविरुद्धको बीसीजी भ्याक्सिनले कोरोना भाइरसबाट जोगाउने अपेक्षासहित वैज्ञानिकहरुले परीक्षण सुरु गरेका छन् ।

१९५३ देखि २००५ सम्म यो भ्याक्सिन १० देखि १४ वर्षका बालबालिकालाई क्षयरोगबाट जोगाउन लगाइन्थ्यो बीसीजी । कुनैबेला महामारीकै रुपमा रहने क्षयरोग अहिले न्यूनीकरण भइसकेको छ र त्यसको प्रयोग पनि घटेको छ ।

अहिले चार देशका अनुसन्धानकर्ताहरुले यसले पुनः कोभिड-१९ बाट पनि बचाउन सक्ने विश्वाससहित अनुसन्धान र परीक्षण सुरु गरेका हुन् । परीक्षण सफल भएमा ३० युरोभन्दा कम मूल्यमा कोरोनाविरुद्ध यो भ्याक्सिन प्रयोगका लागि उपलब्ध हुनसक्ने डेली मेलले खबर लेखेको छ ।

अनुसन्धानकर्ताहरुले यो भ्याक्सिनले मानिसको प्रतिरक्षा प्रणाली गुणात्मकरुपले विस्तार हुने हुनाले कोरोना भाइरसले पनि मानिसलाई केही बिगार्न नसक्ने विश्वास गरेका छन् ।

भाइरसको आनुवंशिक सामग्रीको टुक्राहरुमाथि अध्ययन गर्दै वैज्ञानिकहरुले विशेषप्रकारको औषधिको विकास गर्न आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

वैज्ञानिकहरु सफल भएमा यो भ्याक्सिनले पनि त्यसरी नै काम गर्छ जसरी अरु भ्याक्सिनहरुले शरीरको प्रतिरक्षा प्रणाली यति बलियो बनाउँछ कि कोरोनाजस्ता भाइरसहरुले मानव शरीरभित्र आफूलाई ज्यूँदो राख्न र मानवीय प्रतिरक्षा प्रणालीलाई परास्त गर्न सक्दैन ।

२०१६ मा गरिएको एक अध्ययनमा बीसीजी भ्याक्सिन लगाएका बालबालिकाहरुमा अरुमा भन्दा ३० प्रतिशत कम भाइरसको संक्रमण भएको पाइएको थियो ।

The post कोरोना भाइरसविरुद्ध बालबालिकालाई दिने बीसीजी सुई परीक्षण गर्दै वैज्ञानिकहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images