काठमाडौं, १२ चैत । हाम्रो पात्रोले घरमै बसेर डाक्टरसँग भिडियो कल गर्न मिल्ने सुविधा ल्याएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र एनसेलको प्राविधक सहयोगमा घरमैं बसी कोरोना भाइरसको लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका गर्न सक्नेछन् ।
‘एनसेल कल टु डाक्टर’ सेवा प्रयोग गरेर उपभोक्ताले यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रो डाउनलोड गर्नुपर्न हुन्छ । हाम्रो पात्रोमा गएर अथवा यो लिंक खोलेर आफ्नो समयानुसार अनलाइन बसेका नेपाल चिकित्सक संघमार्फत कोरोनाविरुद्ध सेवारत चिकित्सकहरुसँग सजिलो भिडियो कल गर्न सकिनेछ ।
डाक्टर अनलाइन भएको अवस्थामा ‘डाक्टरलाई कल गर्नुहोस्‘ बटन थिचेर केवल एक क्लिकमैं भिडियो कलमार्फत् परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझैं समस्या राख्न सक्नेछन् ।
यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोना (कोभिड-१९) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि एसेनलसँगको प्राविधिक सहकार्यमा तयार गरिएको हो ।
यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगर्न र अहिलेको यस वैश्वीक स्वास्थ्य संकटका एकमात्र सहारा हाम्रा तमाम चिकित्सकहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि प्राथमिकता दिनका लागि हाम्रो पात्रोले अपिल गरेको छ । ‘अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्शसहित सेवा लिन सकून् भन्ने उद्देश्य हो,’ नयाँ सेवाबारे जानकारी दिँदै हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले जानकारी दिए ।
देश अहिले लकडाउन (बन्दाबन्दी) को स्थितिमा छ र अहिलेको स्वास्थ्य संकटसँग लड्ने यो नै एउटा उत्तम उपाय हो । तपाईं घरमा बस्नु नै आफू र अन्यलाई संक्रमणको सम्भावनाबाट जोगिनु हो । यदी तपाईंलाई कोरोना भाईरस (COVID-19) को लक्षणसँग मिल्दो समस्या देखिएको छ भने इन्टरनेटको प्रयोग गरी हाम्रो पात्रोमा उपलब्ध Ncell CALL TO डाक्टर सुविधा प्रयोग गर्नुहोस् र यसबाट जोगिन र अरुलाई पनि जोगाउन उचित स्वास्थ्य सल्लाह प्राप्त गर्नुहोस् ।
शंकरराज उप्रेती
संस्थापक अध्यक्ष- हाम्रो पात्रो
देशभरको चिकित्सक सञ्जाललाई केवल एक फोनका भरमा हाम्रो यो अभियानलाई हातेमालो गर्न अभूतपूर्व साथ दिनुहुने बरिष्ठ चिकित्सक तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीज्यूप्रति र नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालप्रति हामी आभारी छौं । वहाँहरुको साथ बिना यो महाअभियान नितान्त अधूरो छ । हाम्रो पात्रोको लाखौं प्रयोगकर्ताका तर्फबाट यही समाचार मार्फत कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौं । साथै NCell लाई यस विशेष पहलमा प्राविधिक अन्तरवस्तुका लागि हामीलाई साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छौं ।
यो महाअभियानमा जुटेर अहिले लकडाउन अन्तर्गत घरमैं स्वास्थ्य परामर्शका लागि यदी हाम्रा नायक डाक्टरहरु स्वयमसेवक भई जुट्न चाहनुहुन्छ भने कृपया support@hamropatro.com, aregmi@hamropatro.com, skdevkota@hamropatro.com मा इमेल गर्नुहोस् । हामी यो Ncell CALL TO डाक्टर सेवामा आवद्ध कसरी हुने र कसरी प्रयोगकर्ताहरुका जिज्ञासालाई सम्बोधन गर्ने बारे थप जानकारी दिनेछौं । अथवा यहाँहरुले सिधै नेपाल चिकित्सक संघको फेसबुक पेजमा पनि सन्देश पठाउन सक्नुहनेछ ।
सन्तोष देवकोटा
निर्देशक- हाम्रो पात्रो
The post हाम्रो पात्रोले ल्यायो घरमै बसेर कोरोनाबारे डाक्टरसँग परामर्श गर्न भिडियो कल सुविधा appeared first on Sajha Post.