Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कमजोरीदेखि क्यान्सरसम्मलाई तह लगाउँछ मुलाको सागले

$
0
0

एजेन्सी । नेपाली समाजमा कसैलाई काम नलाग्ने भन्नुपर्‍यो भने वा गाली गर्नुपर्‍यो भने ‘कस्तो मुलाको साग’ भन्ने गरिन्छ । तर¸ यसका यतिधेरै फाइदाहरु छन् कि तपाईंलाई माथिको टुक्का नै फेर्न मन लाग्छ । वैज्ञानिक खोजहरुका अनुसार मुलाभन्दा मुलाको साग मानव स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने पुष्टि भएको छ । यसमा पाइने विभिन्न पौष्टिक र अन्य तत्वहरुले हानिकारक रोगविरुद्ध लड्न पनि मद्दत गर्दछ ।

यस्ता छन् मुलाको सागका फाइदाहरु-

१. क्यान्सर

मुलाको सागमा पाइने एन्थोसाइनिन नामक तत्व क्यान्सरका बिरामीको लागि धेरै लाभदायक हुन्छ ।

२. चम्किलो अनुहार

मुलाको सागमा रहेको विभिन्न तत्वहरुले शरीरमा रहेका विषाक्त पदार्थलाई भगाउँछ र अनुहारमा निखार आउँछ । ३. कब्जियतबाट मुक्ति

मुलाको सागमा पाइने भरपुर फाइबरका कारण कब्जियतको समस्या समाधान गर्न मद्दत पुग्दछ । यसले कब्जियतको समस्या समाधान गर्नुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउछ ।

४. कमजोरी हट्ने

मुलाको सागमा आइरन र फोस्फोरसजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ र कमजोरी हटाउन भूमिका खेल्दछ ।

५. डायबिटिज नियन्त्रण

मधुमेहका बिरामीलाई मुलाको सागको नियमित सेवन धेरै नै फाइदाजनक हुन्छ । मुलाको साग खानाले शरीरको ब्लड र सुगर लेभल कन्ट्रोल हुन्छ ।

६. पिसाबसम्बन्धि समस्या समाधान

मुलाको सागको सेवनले पिसाबसँग सम्बन्धित समस्याहरु हटाउन सहयोग मिल्दछ ।

७. जोर्नीको दुःखाई दूर

मुलाको सागमा क्याल्सियमको मात्रा अधिक हुन्छ जसले जोर्नीको दुःखाई हटाउन सघाउँछ ।

८. कफको समस्यामा कमी

मुलाको सागमा एन्टीकन्जेस्टिभ गुण हुन्छ । यसले कफको समस्याबाट मुक्ति दिलाउन सहयोगी भूमिका खेल्दछ ।

The post कमजोरीदेखि क्यान्सरसम्मलाई तह लगाउँछ मुलाको सागले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles