Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बदामलाई पानीमा भिजाएर खाँदा फाइदैफाइदा

$
0
0

एजेन्सी । बदाम आफैँमा धेरै पोषकतत्वयुक्त खानेकुरा हो । समयसमयमा बदाम खाइरहने गर्नुपर्छ । अझ यसलाई भिजाएर खाने गर्दा स्वास्थ्यलाई झनै बढी लाभ हुन्छ । बदामलाई भिजाउँदा यसका सबै पोषकतत्व हाम्रो शरीरले राम्रोसँग लिन सक्ने भएकाले यसलाई भिजाएर खानु धेरै फाइदाजनक मानिएको छ ।

बदामका फाइदाहरु धेरै छन् तर यसलाई भिजाएर पानीसहित खाने गर्यो भने यसका सबै पोषकतत्व शरीरले पूर्ण रुपमा सोस्न सक्छ ।

१. भिजाएको बदामले कोलेस्ट्रोललाई नियन्त्रण गर्न सक्ने भएकाले यसले हृदय सम्बन्धी समस्याबाट बचाउँछ ।

२. यसमा पाइने क्याल्सियम र प्रोटीनले हाम्रो शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।

३. यसले रगतमा सुगर लेभल नियन्त्रण गर्ने हुनाले मधुमेह जस्तो रोगबाट बचाउँछ ।

४. यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सहज बनाइदिन्छ । त्यसकारण यसरी दैनिक बदाम खाने गर्दा पेटको समस्याबाट टाढा रहन सकिन्छ ।

५. यसमा ओमेगा ६ फ्याटी एसिड पाइन्छ । त्यसकारण यसले छालाको रङ सपार्न मद्दत गर्छ र छालालाई चम्किलो बनाइ राख्छ ।

६. यसमा एन्टिइन्फ्लामेटरी गुण हुने भएकाले जोर्नीको दुखाईबाट पनि बचाउँछ ।

७. यसमा भिटामिन बी ६ हुने भएकाले दिमागको शक्ति बढाउँछ ।

The post बदामलाई पानीमा भिजाएर खाँदा फाइदैफाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles