Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जवानीमै कपाल फुल्यो ? यी बानीमा ध्यान दिनुहोस्

$
0
0

कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर असर पर्ने गर्छ । यही भएर पनि यो समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् ।

आजभोलि बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढी हानी पुर्‍याउने गर्छ । त्यसै कारण प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्‍यो भने राम्रो हुने विशेषज्ञहरु बताउँछन् । राति ढिलो समयसम्म नसुत्ने, खानपानमा ध्यान नदिने र धेरै तनाव लिने समस्याका कारण आजभोलि जवानीमै मानिसहरुको कपाल फुल्ने गरेको पाइन्छ ।

हाम्रो कपालमा मेलेनिन नामक पिगमेन्ट हुन्छ जसले कपाल कालो वा सेतो हुने भनेर निर्धारण गरेको हुन्छ । कम उमेरमै मेलेनिन बन्न रोकिएपछि जवानीमै मानिसको कपाल सेतो हुन थाल्छ । तर यदि यी प्राकृतिक उपाय अपनाउने हो भने कपाल फुल्नबाट बँच्न सकिन्छ ।

१. अमला पिसेर लगाउने
अमला पिसेर रातभर भिजाइ राख्ने अनि बिहान उठेर लगाउने गर्दा  कपाल फुल्न बन्द हुन्छ। यसलाई निरन्तर प्रयोग गरिरहेमा कपाललाई सेतो हुन बाट जोगाउन सकिन्छ ।

२. कालो तिल
कालो तिललाई केही समय पानीमा भिजाइदिने अनि लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।

३. काँचो मेवा
काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।

४. नरिवलको तेल
नरिवलको तेलमा अमला मिसाएर लगाउने गरेमा पनि कपाल चमकदार र स्वस्थ हुन्छ । यसको नियमित प्रयोगले कपाल कालो हुन्छ ।

The post जवानीमै कपाल फुल्यो ? यी बानीमा ध्यान दिनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles