Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमणको आशंकामा दुईजना टेकु अस्पतालमा भर्ना

$
0
0


काठमाडौँ, १८ फागुन । कोरोना संक्रमणको आशंकामा चीन र दक्षिण कोरियाबाट फर्किएका दुईजना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार उनीहरु दुवै चीन र दक्षिण कोरियाबाट फर्केका नेपाली हुन् । उनका अनुसार आइसोलेसन वार्डमा राखिएका दुई पुरुपमध्ये एकलाई शनिबार र अर्कोलाई आइतबार आइसोलेसन वार्डमा राखिएको हो ।

उनीहरु ज्वरो आएको बताउँदै अस्पताल पुगेका थिए । कोरोना संक्रमित देशबाट आएको र केही लक्षणहरु मिलेका कारण उनीहरुलाई आइसोलेसनमा राखिएको हो ।

दुवैको नमुना संकलन गरेर ल्याबमा पठाइसकेको बताउँदै साेमबारसम्ममा रिपोर्ट आउने बास्तोलाले जानकारी दिए ।

The post कोरोना संक्रमणको आशंकामा दुईजना टेकु अस्पतालमा भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles