Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अनार एक, फाइदा अनेक

$
0
0


अनार हाम्रो बजारमा सहजै उपलब्ध हुने फलफूल हो । अनारका विभिन्न फाइदाहरु छन् । यद्यपि कतिपय बिरामीहरुले अनार खानु हुँदैन ।

यहाँ अनारका केही फाइदाहरुबारे चर्चा गरिनेछ-

अनारको नियमित सेवनले शरीरमा रगतको मात्रा बढ्छ ।
मधुमेहका बिरामीका लागि अनारको सेवन लाभदायक छ । किनकी शरीरमा रहने ग्लुकोजको मात्रा नियन्त्रण गर्न अनारमा पाइने एन्टिअक्सिडेन्टले महत्वपूर्ण भूमिका खेल्छ ।
रक्तचाप सन्तुलित बनाउन पनि अनारको जुसले भूमिका खेल्छ ।
अनारले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ ।
शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न पनि अनारले सघाउँछ ।
अनारको सेवनले प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ ।
अनारले पाचन प्रणाली राम्रो बनाउँछ ।
अनारले रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ ।
अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ ।
भिटामिन, मिनरल, फोलिक एसिड तथा पोटासियम अत्यधिक पाइने हुनाले गर्भवती महिलाका लागि अनार सेवन फाइदाजनक हुन्छ ।
अनारले महिलामा स्तन क्यान्सरको जोखिमसमेत कम गर्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

The post अनार एक, फाइदा अनेक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles