Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालबाट युरोप निर्यात हुने बहुउपयोगी टिमुरका फाइदैफाइदा

$
0
0

अत्यधिक आयातको भारले व्यापार घाटा चुलिइरहेको बेला नेपालबाट यूरोपेली बजारतिर निर्यात भइरहेको जडीबुटी हो टिमुर । यसको बहुउपयोगी गुणका कारण नेपाली टिमुर अहिले विश्व बजारमा लोकप्रिय बन्दै गइरहेको छ ।

फ्रान्स, जर्मनी र भारतलगायत विश्वका विभिन्न देशमा यो बर्सेनि निर्यात टिमुर नेपालको पश्चिमी क्षेत्रमा बढी उत्पादन हुन्छ । महाभारत पर्वत शृंखलाको १२ सयदेखि २५ सय मिटरसम्मको उचाइका खुला पाखामा फल्ने टिमुर सुर्खेत, अछाम, सल्यान र जाजरकोटका कृषकले त खेती नै गर्छन् ।

एकपटक रोपेपछि यसले धेरै वर्षसम्म फल दिइरहेका भएका कारण टिमुर खेती सजिलो पनि छ । मसला र औषधिका रूपमा प्रयोग हुनुका साथै आकर्षक मूल्यमा विश्व बजारमा निर्यात हुने भएकोले किसानहरुको यसप्रति विेशेष आकर्षण छ ।

युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रशाधनमा टिमुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।

टिमुरको प्रयोग

औषधिका रूपमा प्रयोग गरिने टिमुर हैजा, ज्वरो र पेटको विकार ठीक गर्न उपयोगी हुन्छ ।
टिमुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिने गरिएको छ ।
जंगली जुका खसाल्न पनि टिमुरको प्रयोग गरिन्छ ।
जैविक विषादी बनाउन पनि टिमुरको प्रयोग गरिन्छ ।
अचारमा प्रयोगसँगै छोइला र मासुमा पनि यसको प्रयोग गरिन्छ ।
टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गरिन्छ ।

The post नेपालबाट युरोप निर्यात हुने बहुउपयोगी टिमुरका फाइदैफाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles