Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना भाइरस एड्स र इबोला जत्तिकै घातकः अनुसन्धान

$
0
0

एजेन्सी, १७ फागुन । वैज्ञानिकहरूले चेतावनी दिँदै भनेका छन्- कोरोना भाइरस मानव शरीरका लागि एचआईभी एड्स र इबोला जत्तिकै घातक छ, त्यसैले यो भाइरस सार्सभन्दा हजार गुणा छिटो फैलिन सक्छ ।

वैज्ञानिकहरूले सुरुमा कोरोना भाइरसलाई सन् २००२/००३ तिर देखा परेको सार्स जस्तै भएको र सोही मात्रामा फैलिने अनुमान गरेका थिए । सार्स र कोरोना भाइरसको जिन लगभग एउटै भएकाले यस्तो अनुमान गरिएको थियो ।

तर कोरोना भाइरस सोचेभन्दा निकै आक्रामक भएको पछिल्लो पटक चीनमा गरिएको एक अनुसन्धानले देखाउँछ ।

वैज्ञानिकहरूले हालै मानव शरीरका कोषसँग नयाँ भाइरसले कसरी आक्रमण गर्छ वा मिल्छ भनेर एक अध्ययन गरेक थिए । कोषलाई आक्रमण गर्ने वा मिल्ने प्रकृया हेर्दा कोरोना भाइरस एचआईभी र इबोला जत्तिकै घातक रहेको पाइएको थियो ।

उत्तरी चीनस्थित तियाङजिङ सहरमा रहेको नाङकाइ विश्वविद्यालयका अनुसन्धानकर्ताले उक्त अध्ययन गरेका हुन् । मानव शरीरलाई संक्रमण गर्ने कोरोना भाइरसको क्षमता सार्स भन्दा सय देखि हजार गुणा बढी रहेको नाङकाइ विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् ।

सन् २००२ मा देखा परेको सार्सबाट एक वर्षमा विश्वभर ७७४ जनाले ज्यान गुमाएका थिए भने ८ हजार मानिस संक्रमित भएका थिए । तर २ महिनाकै अवधिमा कोरोना भाइरसबाट झण्डै ३ हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ८३ हजार भन्दा बढी मानिस संक्रमित बनेका छन् ।

सार्सको भाइरस मुख, नाक वा आँखाबाट शरीरभित्र पस्ने र ACE2 नामक रिसेप्टर प्रोटिनसँग मिल्ने वा जोडिने गर्छ । स्वस्थ मानिसको शरीरमा ACE2 धेरै मात्रामा हुँदैन । यही कारणले सार्सलाई नियन्त्रण गर्न सहज भएको थियो ।

नाङकाइ विश्वविद्यालयका अनुसन्धानकर्ताले कोभिड-१९ (कोरोना भाइरस) को जिनोम अनुक्रम (genome sequence) बारे अध्ययन गरेका थिए । अध्ययनपछि परिवर्तित जिन (mutated genes) को एक अंश भाइरसमा फेला परेको थियो । यसअघि देखा परेको सार्समा भने परिवर्तित जिनको कुनै अंश देखा परेको थिएन ।

कोरोना भाइरसमा एचआईभी र इबोलाको जस्तै क्लिभेज साइट रहेको पनि अनुसन्धानकर्ताको भनाइ छ । यही क्लिभेज साइट (छेदन बिन्दु) मार्फत् सुषुप्त रहेको र छेदनपछि सक्रिय हुने भाइरल प्रोटिन प्रवाह हुने गर्छ ।

एचआईभी र इबोलाले फ्युरिन नामक इनजाइममाथि हमला गर्छ । फ्युरिनले शरीरभित्र प्रवेश गर्ने भाइरल प्रोटिनलाई छेदन गरी सक्रिय बनाउँछ ।

इबोला र एचआईभीले फ्युरिनलाई आफ्नो बसमा पार्छ । त्यसपछि भाइरस सक्रिय हुने गर्छ र भाइरस र मानव कोषबीच संयोजन हुन्छ ।

यस प्रकारको म्युटेशन वा जिन परिवर्तन हुने प्रकृया सार्स, मर्स वा ब्याट कोभर्याट१३ (चमेरोमा पाइने भाइरस जसलाई कोभिडको स्रोत मानिएको थियो) भाइरसमा फेला नपरेको कुरा अनुसन्धानबाट पुष्टि भएको छ ।

‘यो निष्कर्षबाट सार्स र कोरोना भाइरसको संक्रमण प्रकृया निकै फरक छ’,  अनुसन्धानकर्ताले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘सार्स प्रवेश गर्ने प्रकृयासँग तुलना गर्दा यस्तो संयोजन १०० देखि हजार गुणा प्रभावकारी हुने देखिन्छ ।’

अनुसन्धानपछिको प्रतिवेदन chinaxiv.org मा प्रकाशित गरिएको छ । उक्त प्रतिवेदनको निष्कर्षलाई हुबेइ प्रान्तको विश्वविद्यालयका अनुसन्धानकर्ताले पनि समर्थन जनाएका छन् ।

चीन कोरोना भाइरसको इपिसेन्टर हो । त्यसैले चीनमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ र ज्यान जानेहरुको ठूलो हिस्सा चीनबाटै छन् । विशाल जनसंख्या हुनु र रोग फैलावटको इपिसेन्टर भएकोले चीनमा संक्रमित र मृतकको संख्या धेरै हुनु स्वभाविक नै हो ।

चीनपछाडि दक्षिण कोरिया कोरोना संक्रमणको फैलावट र क्षति बढी भएको देश बनेको छ । त्यहाँ शुक्रबार मात्र ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरिएको छ ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ५० भन्दा बढी देशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको खबर प्राप्त भएको छ । बीबीसीका अनुसार अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ र २,७९१ जनाको मृत्यु भइसकेको छ ।

 

The post कोरोना भाइरस एड्स र इबोला जत्तिकै घातकः अनुसन्धान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles