Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

औषधि खान आउँछ ? यी कुरामा ध्यान दिनुहोस्

$
0
0


बदलिँदो जीवनशैली र वातावरणका कारण बिरामी हुनु र औषधि सेवन गर्नु हाम्रो जीवनशैली बनिसकेको छ । तर, औषधि कहिले खाने र कसरी खाने भन्नेकुरामा हाम्रो खासै ध्यान गइरहेको देखिँदैन ।

औषधि पानीसँग खानुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा पानीबिनै औषधि खानेसमेत गरिन्छ । तर, पानीविना औषधि निल्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । पानीबिनै औषधि खाने बानीले रोग निको हुनुको साटो उल्टै स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

यसो गर्दा एसोफेगस अर्थात् घाँटीको नलीमा क्षति पुग्ने गर्छ । यसकै कारण औषधि निल्ने समय कहिलेकाहीँ आँखाबाट आँसु पनि झर्ने गर्छ ।
पानीविना औषधि निल्दा घाँटीको नली पोल्ने गर्छ । त्यति मात्र होइन, सुत्ने समयमा समेत दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो दुखाइ औषधिको आकारमा पनि निर्भर गर्छ ।

हाम्रो घाँटीको नली कमजोर मांसपेशीबाट बनेको हुन्छ । त्यसैले निल्न खोजेको औषधि घाँटीको नलीमा अल्झिए सम्बन्धित ठाउँमा निकै ठूलो हानि पु-याउँछ । यसले घाँटीका विभिन्न तन्त्रमा दुखाइको समस्या निम्त्याउँछ । यसकै परिणाम श्वासप्रश्वासमा समेत अवरोध सिर्जना हुन्छ ।

विनापानी औषधि प्रयोग गर्दा अल्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । टर्कीमा भएको एक अध्ययनअनुसार कुनै पनि ड्रग्सबाट एसोफेगसमा अल्सर हुने गर्छ । भिटामिन सीको चक्की चपाएर खाँदा पनि यस्तो समस्या निम्तिन सक्छ ।

अब के गर्ने त ? दैनिक कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसो गर्दा एसोफेगसमा हुने खतरा कम हुन्छ । चिकित्सकहरुका अनुसार औषधि कम्तीमा एक गिलास पानीसँग निल्नुपर्छ । सुतेर औषधि खानुहुँदैन । उभिएर वा बसेर औषधि सेवन गर्नु लाभदायक छ ।

The post औषधि खान आउँछ ? यी कुरामा ध्यान दिनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles