Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दूधसँग कहिल्यै नखानुहोस् यी पाँच खाद्यवस्तु

$
0
0


दूध हाम्रो जीवनसँग अभिन्नरुपमा जोडिएको छ । जन्मनासाथ आमाको दूध पिएर हुर्कने हामी हुर्कने/बढ्नेक्रममा गाई–भैँसी या अन्य घरपालुवा जनावरको दूध मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो ।

बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो । मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पुर्‍याउन जरुरी छ । कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ ।

१. मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । किनकी मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । मासको दाल खाएपछि करिब २ घन्टापछि मात्र दूध पिउनु लाभदायक हुन्छ ।

२. दूधमा नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन । खासगरी ब्रेकफास्टमा दूध र नून एकैसाथ लिँदा अझ हानि पुर्‍याउँछ ।
३. सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानु हुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने
सम्भावना रहन्छ ।
४. दूध र दही एकै किसिमका खाद्यपदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।
५. दूध पिएलगत्तै माछा खाँदा स्वास्थ्यमा हानि पुग्छ । माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ ।

The post दूधसँग कहिल्यै नखानुहोस् यी पाँच खाद्यवस्तु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles